२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

नेकपा सचिवालयको बैठक बालुवाटारमा, मन्त्रिमण्डल हेरफेरको तयारी

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बालुवाटारमा बस्दैछ । पार्टी भित्रको विवाद मिलाउन नेकपाका २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रबार एक कार्यदलको गठन गरेका थिए ।

    शुक्रबार ६ जना सदस्य रहेको कार्यदलमा पार्टीका महासचिव विष्णु पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाललाई समावेश गरिएको थियो ।

    नेकपा सचिवालयको बैठकले उक्त कार्यदललाई आज मान्यता दिने बताइएको छ । यो कार्यदलले शनिबारदेखि नै पार्टीको विवाद मिलाउन काम सुरु गरिसकेको छ ।

    कार्यदलले अहिले सरकारमा भएका मन्त्रि र केही प्रदेशको मुख्यमन्त्री फेर्ने गरि काम गरिरहेको छ । उनीहरुको सुझाव आएपछि यसै साता मन्त्रिमण्डल हेरफेर हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस