२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

उपचार प्रभावकारी नहुँदा क्वारेन्टाइनमै युवकको मृत्यु !

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ३ साल अघि
  • इलाम – इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक युवकको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–९  का ती युवा भारतको हैदराबादबाट साउन २६ गते नेपाल आएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

    स्वास्थ्यमा समस्या भए पछि आइतबार बिहान १० बजेदेखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोली उनको उपचारमा खटिएको थियो । राति ११ः ५ बजे उनको मृत्यु भएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।

    मृतक युवकको साउन २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी दिए  ।

    फोकल पर्सन बरालका अनुसार ती युवामा छाती दुख्ने, ज्वरो आउने र श्वास फेर्न समस्या हुँदै आएको थियो । रिपोर्ट आएपछि शव उठाउने वडा अध्यक्ष लामाले बताए ।

    प्रतिक्रिया दिनुहोस