२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

२४ घण्टामा ७ काे मृत्यु, १ हजार संक्रमित; कोरोनाबाट मृत्यु हुनेको संख्या ११४

  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११४ पुगेको हो।

    मृतकमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

    नेपालमा आज हालसम्मकै धेरै कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस