२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

२४ घण्टामा ६ काे मृत्यु, काेराेनाबाट मर्नेकाे संख्या १२०

  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  काठमाडौं र बर्दियाका एक/एक गरी दुई पुरुष र मोरङ, भक्तपुर, चितवन र सुनसरीका ४ महिलासहित  कुल ६ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

    यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसहित संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको हो।

    मन्त्रालयका अनुसार ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन्।  क्वारेन्टाइनमा १३ हजार ५७१ जना रहेका छन् भने आइसोलेसनमा ११ हजार १ सय १८ जनाको उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ।

    प्रतिक्रिया दिनुहोस