२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

१५ वर्षीया बालिकामा काेराेना स‌ंक्रमण, ओखलढुंगामा संक्रमितकाे स‌ंख्या २

  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– खिजीदेम्वा गाउँपालिकामा एक १५ वर्षीया बालिकामा काेराेना संक्रमण देखिएकाे छ । १० जनाकाे परिक्षणमा ती बालिकामा संक्रमण देखिएकाे हाे ।

    हाल उनकाे अवस्था सामान्य रहेकाे उपचारकाे व्यवस्थापनकाे काम भइरहेकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

    बालिका रौतटहकी भएको पाइएको छ । बालिकाका बुवा सरुवा भएपछि बुवासँगै खिजीदेम्बा आएकी बालिकामा कोरोना पुष्टि भएको हो ।

    उनका बुवा नेपाल प्रहरी हुन् । खिजीफलाटे इलाका प्रहरी कार्यालयमा ४ जना प्रहरी केही दिनअघि सरुवा भएर आएका थिए । सरुवा भएर आएकामध्ये २ जना परिवारसहित आएका थिए ।

    केहीदिन अघि आएर क्वारेन्टाइनमै रहेको अवस्थामा बालिकामा कोरोना पुष्टि भएको हो । बालिकाबाहेक अरु ९ जना प्रहरी र तिनका परिवारलाई कोरोना नदेखिएको बताइएकाे छ ।

    यस अघि पनि सरुवा भएर आएका प्रहरीमा काेराेना देखिएकाे थियाे ।

     

    प्रतिक्रिया दिनुहोस