२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

निषेधाज्ञा उलंघन गर्ने १२ सय ‘होल्ड’मा

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि उपत्यकामा लागू गरिएको निषेधाज्ञा उलंघन गर्नेलाई कारवाही गरिएको छ।

    आवश्यक नपरी बाहिर निस्किएका करिब १२ सयलाई होल्ड गरेर छाडिएको प्रहरीले जनाएको छ।  यसरी होल्ड गरिएकामध्ये ललितपुरमा करिब पाँच सय छन्। त्यसैगरी काठमाडौंमा साढे चार सय कारवाहीमा परेका छन् भने भक्तपुरमा साढे दुई सयजति कारवाहीमा परेका छन्।

    निषेधाज्ञाको पहिलो दिन भएकाले उनीहरुलाई केही समय होल्ड गरेर छोडिएको प्रहरीले जनाएको छ। बुधबार राति १२ बजेदेखि नै निषेधाज्ञा लागू भएकाले अति आवश्यक नपरी निस्किएका ११ सय ७० जना कारवाहीमा परेका हुन्। -अन्नपूर्ण

    प्रतिक्रिया दिनुहोस