२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

७०७ जनामा संक्रमण पुष्टि, काठमाडौंमा मात्रै २ सय, ६ जनाकाे मृत्यु

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  •  काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।

    बिहीबारसम्म  संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकामा २०० जना संक्रमित भेटिएका छन् ।

    मन्त्रालयका अनुसार २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई महिला र चार पुरुष रहेका छन् । काठमाडौंकी एक महिला, मकवानपुर, सप्तरीका एकएक पुरुष र पर्साकी एक महिला र दुई पुरुषको २४ घण्टामा मृत्यु भएको हो ।   योसँगै कोरोनाले ज्यान गुमाउने १२६ पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस