२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

ओखलढु‌ंगामा सरुवा आएका दुई प्रहरीमा काेराेना स‌ंक्रमण, संक्रमितकाे स‌ंख्या २६ पुग्याे

  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- जिल्लामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य जिल्लाबाट सरुवा भएर आएका दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

    उनीहरु गत भाद्र १ गतेका दिन एक जना खोटाङ र एक जना उदयपुरबाट आएको ओखलढुंगा स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए । सरुवा भएर आएका प्रहरी कर्मचारीलाई ओखलढुंगा हर्कपुर होल्डिङ सेन्टर त्यस पछि मानेभञ्ज्याङ गाउँपालिकाको क्वारेन्टीनमा राखिएको थियो ।

    जिल्लाबाट गएको शुक्रबार ६० जनाको स्वाव संकलन गरी धुलिखेल हस्पिटल धुलिखेलमा पठाएइकोमा उनीहरु दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । बाँकी ५८ जनाको रिर्पोट नेगेटिभ आएको छ । यस अघि कोरोना पोजेटिभ भएर ओखलढुंगा रुम्जाटार आईसोलेसनमा उपचारको क्रममा रहेका दुई संक्रमितको स्वाव रिपोर्ट नेगेटिभ आएको छ ।

    उनीहरु कोरोना मुक्त भएकोले आज नै उनीहरुको डिस्चार्ज गरिने स्वास्थ्य प्रमुख तिवारीले बताए । कोरोना संक्रमित दुई प्रहरी कर्मचारी र उनीहरुसँगै घुलमिल भएका अरु दुई जनालाई ओखलढुंगा रुम्जाटार आईसोलेसनमा ल्याउने तयारी भई रहेको प्रमुख तिवारीको भनाई छ ।

    विराटनगरमा पठाईएको ३ जनाको रिपोर्ट भने आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । याे सँगै ओखलढुंगामा कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ । जसमध्ये २४ जना कोरोनामुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस