२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

कोरोनाका कारण गर्भवतीसहित ९ जनाको मृत्यु, मर्नेकाे संख्या १८९

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, धनुषा र पर्सामा एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र चार पुरुष छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९ पुगेको छ ।

    एकैदिनमा ११११ संक्रमित थपिए

    यसैबीच पछिल्लो २४ घण्टामा १ हजार १११ संक्रमित थपिएका छन् । १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष्नमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् ।

    यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस