२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

शनिवार विहानै दुई महिलाले गुमाए काेराेनाबाट ज्यान

  • २०७७ भाद्र १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  शनिवार विहानै नेपालीहरुले दुखद खबर सुनेर दैनिकी शुरु गरे । काेराेना कहर र यसकाे संक्रमण र मृत्युका खबर सामान्यजस्तै लाग्ने गरे पनि प्राय: साँझ पख मात्र त्यस्ता खबर आउँथे ।

    तर, आज शनिवार भने एका विहानै दुई महिलाले ज्यान गुमाएकाे खबर छ । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।

    त्यस्तै,लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

    भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस