२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

प्रहरी जवानका लागि फारम भर्नुभएकाे थियाे ? अब यसरी हुन्छ ओखलढुंगामै परीक्षा

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेपाल प्रहरीकाे प्रहरी जवानमा जागिर खान फारम भरेकाहरुले अब जिल्लाबाटै परीक्षा दिन पाउने भएका छन् । काेराेना संक्रमणका कारण ओखलढुंगाबाट फारम भरेर लिखित परीक्षा पास गरेकाहरुले जिल्लाबाटै अन्तर्वार्ता दिन पाउने भएका हुन् ।

    प्रहरीले सुचना निकालेर यस्ताे जानकारी गराएकाे छ । जिल्ला प्रहरी कार्यालयले जिल्लामै भर्चुअल पद्धतिबाट परीक्षा हुने जनाएकाे हाे ।

    यस्ताे छ  प्रहरीले फेसबुक पेजमा राखेकाे सुचना

    “नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समाबेशी प्राबधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७६/०५/०६ गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिइ लिखित परिक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको अन्तरवार्ता परिक्षा विश्वभर महामारी को रूपमा फैलिरहेको कोभिड -१९ को कारणले रोकिएको हुँदा हाल लामो दुरीका सवारी साधन संचालन नभएकोले निकट भविष्यमा सम्बन्धित परिक्षा केन्द्रमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगा बाट नै भिडियो कन्फरेन्स मार्फत अन्तरवार्ता लिने तालुक कार्यालयहरुको योजना भइरहेको हुँदा सम्बन्धित उत्तीर्ण उम्मेदवारहरु तयारी हालतमा बस्नु हुन र यस कार्यालयमा सम्पर्कमा रहनु हुन सबैमा जानकारीको लागि हार्दिक अनुरोध गर्दछौं ।”
    थप जानकारीको लागि :-
    जिल्ला प्रहरी कार्यालय ओखलढुंगा
    फोन नम्बर :- प्रहरी कन्ट्रोल -१००
    फोन नम्बर :- ०३७-५२०१९९
    मोबाईल नम्बर :- ९८५२८९००५०

    प्रतिक्रिया दिनुहोस