२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • विराटनगर-  प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार मन्त्री घिमिरेको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो।

    आइतबार देखि लगातार पखाला लागेको र सोमबार ज्वरोसमेत आएपछि मन्त्री घिमिरेको सोमबार बिहान स्वाब संकलन गरिएको थियो। सोमबार साँझ कोरोना पोजिटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले घरमा नै रहेका छन्।

    उनको परिवारको पनि स्वाब संकलनको तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस