२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
काेराेना कहर

मानेभञ्ज्याङमा लकडाउन; भेला र जमघट प्रतिबन्ध, जिल्लाभर कडाइ

भेलाजन्य दलीय कार्यक्रम कडाइका साथ राेक

  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमित फेला परेपछि मानेभञ्ज्याङ् गाउँपालिकाले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेकाे छ । हाट बजार तथा हाेटल पसल पनि अब बन्द हुनेछन्, भने राजमार्गमा चल्ने सवारी राेकेर आवत जावत गर्न पाइने छैन ।

    राजमार्ग भने खुला हुने छ । गाउँपालिकाले सुचना जारी गर्दै काेराेना महामारि फैलिन सक्ने भएकाले बन्द गरेकाे जनाएकाे छ । आज मानेभञ्ज्याङ प्रहरी चाैकीका चार प्रहरी र साेही गाउँपालिकाकाे हर्कपुरमा रहेकाे स्वास्थ्य सहायता कक्षका एक महिला स्वास्थ्यकर्मीलाई काेराेना देखिएकाे थियाे ।

    संक्रमण देखिएपछि जिल्ला कमाण्ड पाेष्ट र संकट व्यवस्थापन केन्द्रकाे सराेकारवालासहितकाे संयुक्त बैठकमा गाउँपालिका क्षेत्रका सीमा तथा जिल्ला प्रवेशका अन्य नाकामा समेत उच्च कडाइ गरेर कन्ट्रयाक ट्रेसिङकाे काम थाल्ने र परिक्षणकाे दायरा बढाउने निर्णय गरेकाे छ ।

    त्यस्तै जिल्ला भर भेला तथा जमघट गर्न नदिने, पहुँचका आधारमा आवत् जावत्  राेक्ने निर्णय भएकाे छ । नेपाली कांग्रेस र नेकपाका विभन्न ठाउँमा भइरहेका गतिवधी भेला तथा जमघटले काेराेना संक्रमणकाे जाेखिम बढाएकाे भन्दै नेता जम्मा हुने र भाषण गर्ने काम गर्न नदिने निर्णय भएकाे हाे ।

    सदरमुकाम बजार क्षेत्रमा भीडभाड कम गर्ने, सुरक्षाकाे मापदण्ड अपनाउने तथा सबै पालिकामा जनचेताना जगाउने पनि निर्णय भएकाे छ । यस अघि जारी भएका आदेश पूर्ण कार्यन्वयन गर्दै काेराेना संक्रमितकाे उपचार तथा थप संक्रमण फैलन नदिने तयारीका साथ काम गर्ने निर्णय भएकाे प्रमुख जिल्ला अधिकारी कृष्ण पाैडेलले जानकारी दिए ।

    बैठकमा कमाण्ड पाेष्टका पदाधिकारी तथा सदस्य, संघीय प्रतिनिधि सभाका सा‌ंसद यज्ञराज सुनुवार, संविधान सभाका सदस्य रामहरि खतिवाडा, नेकपाका नेता नेत्र भट्टराई, कांग्रेस सभापति प्रदिप सुनुवार, समाजवादी पार्टीका अध्यक्ष नरेश नेम्वाङ्ग, जिससका प्रमुख जयबहादुर श्रेष्ठ, नगरप्रमुख माेहन श्रेष्ठ, विभिन्न गाउँपालिकाका अध्यक्ष लगायत सराेकारवाला सहभागी थिए ।

    भेलाजन्य दलीय कार्यक्रम कडाइका साथ राेक लगाउने र पहुँचका भरमा मान्छे नओसार्न दलका नेता तथा सा‌ंसद सहमत भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस