२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

अर्थ तथा सञ्चारमन्त्रीको राजीनामा आउँदै

  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • नेकपाभित्रको लामो रस्साकस्सीपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अन्ततः उपाध्यक्ष वामेदव गौतमलाई राष्ट्रिय सभाको रिक्त सांसद पदमा मनोनित गर्ने छ महिनाअघिको निर्णय कार्यान्वयन गर्न राजी हुनुभएको छ ।

    प्रधानमन्त्रीको राजीसँगै विना राजनीतिक योगदान पार्टी र सरकारमा रजगज गर्दै आएका अर्थ तथा सञ्चारमन्त्री स्वतः हट्ने भएका छन् । आज-भोलि नै यी दुबै मन्त्रालयको कार्यभारबाट उनको राजीनामा आउँदैछ । आजको सचिवालय बैठकमा प्रारम्भदेखि नै प्रधानमन्त्रीको अनुहारमा खुशीपन नदेखिएको एकजना सदस्यले बताएकाे जनआस्थाले लेखेकाे छ । तर पनि गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव भने स्वयम् प्रधानमन्त्रीले गरेपछि माहौल सोचेभन्दा फरक ढङ्गले शान्त र चकमन्न बनेको थियो ।

    वहाँले बैठकमा एकाएक ‘ठीक छ,म वामदेवजीलाई राष्ट्रिय सभामा लैजान्छु’ भन्नुभएको थियो । ती सदस्यका अनुसार ‘गौतमबाहेकको नाम प्रस्ताव हुनेबित्तिकै बैठकको माहौल नसोचेको खराब अवस्थामा पुग्ने सूचनाको पूर्व जानकारी पाएर हुनसक्छ प्रधानमन्त्रीले नै उहाँको नाम भूमिका नबाँधी राख्नुभयो ।’

    सम्भवतः प्रधानमन्त्रीसँग विकल्प नभएपछि गौतमको नाम प्रस्ताव गर्ने अवस्थाको सिर्जना भएको पनि उनले बताएका छन् । पार्टीको आन्तरिक राजनीतिमा राष्ट्रियसभा तथा मन्त्रीपरिषदमा खतिवडा बाहिरिनु र गौतम भित्रिनुले अब बेग्लै महत्त्व राख्नेछ । उच्चस्रोतका अनुसार गौतम मन्त्री बन्ने निश्चित झैँ छ । उहाँको इच्छा र आकांक्षाअनुसार उपप्रधानसहित अर्थमन्त्री बन्नसक्ने नसक्नेवारे भने आजै भन्न सकिन्न ।

    यसैबीच मन्त्रीबाट बाहिरिनुपर्ने पक्का भएपछि खतिवडा आजै प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र लिएर गएको बताइएको छ । प्रधानमन्त्रीले भोलि बिहान बस्ने मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुन निर्देशन दिँदै राजीनामा पत्र उनैलाई फिर्ता दिएका थिए ।

    आफूलाई सचिवालको निर्णयबाट हटाएको नभई आफैँले राजीनामा दिएर बाहिरिएको सन्देश प्रवाह गर्न खतिवडाले राजीनामा लेखेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘कपडामा होइन, डाइपरमा फोहोर गरेको भनेझैँ भान पार्न उनले २४ घण्टा अगाडि राजीनामाको नाटक गरेका हुन् ।’

    प्रतिक्रिया दिनुहोस