२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

चाँगेस्थान मन्दिरका मूर्तिचाेर काे थिए ? ओखलढुंगामै बेच्न खाेजेकाे खुलासा !

  • २०७७ भाद्र २४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मुर्ती लगायतका धार्मिक वस्तु चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोलुदुधकुण्ड नगरपालिका ८ जन्तरधाप स्थित चाँगेस्थान मन्दिरबाट धार्मिक वस्तु चोरी गर्ने ३५ वर्षीय रमेश मगर पक्राउ परेका हुन् ।

    उनले  एक जोडीसिंहको मुर्ती तथा सोहि मुर्ती राख्ने बाकस, चाँदीको तीन खण्डे टिका थाली १ थान, चाँदीको सानो त्रिशुल १ थान र भक्तजनले मन्दिरमा चढाएका सिक्का पैसा चोरी गरेका थिए ।

    सोमबार दिउँसो हुस्सु लागेको मौका छोपी मुर्ती लगायतका धार्मिक वस्तु चोरी ओखलढुंगा लगेर बेच्न लागेको गोप्य सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक मन्दिप चौहानले बताए ।

    चोरी गरेका सामान बरामद गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस