२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

काेराेनाभन्दा बढी बाढी पहिराेले मृत्यु, बैशाखयता मात्रै ३४६ काे ज्यान गयाे

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • बाढी, पहिरो र चट्याङका घटनामा परी वैशाख १ गतेयता ३४६ जनाले ज्यान गुमाएका छन् भने ८५ जना बेपत्ता भएका छन् ।  विपद्को घटनामा परी ३९७ जना घाइते भएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि भदौ २४ गतेसम्म पहिरोका घटनामा परी २५० जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी ४९ जना बेपत्ता छन् भने १९१ जना घाइते भएका छन् ।

    धिकरणका अनुसार बाढीमा परी हालसम्म ३९ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । बाढीका घटनामा हालसम्म ११ जना घाइते भएका छन् । यसैगरी चट्याङ लागेर ५७ जनाको मृत्यु भएको छ भने १९५ जना घाइते भएका छन् ।

    काेराेना स‌ंक्रमणबाटभन्दा बाढी पहिराेले मर्ने स‌ंख्या बढी देखिएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म काेराेनाका कारण ३१२ जनाकाे ज्यान गएकाे छ ।

    प्रतिक्रिया दिनुहोस