२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

नेकपा स्थायी समिति बैठक शुरु, यस्ता छन् प्रस्ताव

  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- लामो समयदेखि स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बसेको छ । बालुवाटारमा केहि समय अगाडि बैठक सुरु भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

    गत असार १० गते सुरु भएको स्थायी समिति बैठक पटक–पटक सारिएको थियो । पार्टीभित्रको आन्तरिक विवादपछि साउन १३ गतेपछि अनिश्चित कालका लागि स्थगित गरिएको थियो । १३ साउनमा ओली पक्षले रोक्ने र दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राख्ने क्रम चलेपछि विवादले उग्र रूप लिएको थियो।

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले तीन घण्टा छलफल गरी साझा प्रस्तावलाई अन्तिम रूप दिएका थिए।

    अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्नेलगायत विषयमा साझा प्रस्ताव तयार पारेका थिए। यीनै मुद्दामा छलफल केन्द्रित हुने बताइएकाे छ ।

    विस्तृतमा प्रस्ताव पढ्न यहाँ क्लिक गर्नुहाेस् 

    प्रतिक्रिया दिनुहोस