२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

राप्रपा राणा समुहका जिल्ला अध्यक्ष जगत लुइटेल नेकपा प्रवेश

भीड जम्मा पारेकाे भन्दै सामाजिक सञ्जालमा कांग्रेस कार्यकर्ताकाे विराेध

  • २०७७ भाद्र २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- राष्ट्रिय प्रजातन्त्र पार्टी (साविक राणा समुह) का जिल्ला अध्यक्ष जगत प्रसाद लुईटेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
    लुइटेल राप्रपा राणा समहुमा लामो समयदेखि जिल्ला नेतृत्वमा थिए । उनले प्रवेश कार्यक्रममा राप्रपाबाट परिवर्तन र मुलुकको समृद्धि सम्भव नरहेकाले राजनितिको मूलधारमा आएको बताए ।

    उनीसहित राप्रपाका क्षेत्रीय सदस्य देवेन्द्र खत्री र चम्पादेवीको कालिका गउँ कार्यसमति नेकपामा प्रवेश गराइएको छ । यस अघि राप्रपाको एक घटक सिंगो कमिटी नै नेपाली काँग्रेसमा प्रवेश गरेको थियो । यो सँगै राप्रपामा जिल्लामा कुनै आधिकारिक कमिटी छैन ।

    नेकपाको चम्पादेवी गाउँ कमिटीको बैठकपछि उनलाई नेकपा प्रवेश गराइएको नेकपाका जिल्ला सचिवालय सदस्य तीर्थ सुवेदीले जानकारी दिए । लुइटेल २०५४ सालको स्थानीय चुनावमा तत्कालीन नेकपा एमालेका तर्फबाट साविक कालिका गाविसको गाविस अध्यक्ष निर्वाचित भएका थिए ।

    राजाको शासन कालमा उनी राप्रपा प्रवेश गरेका हुन् । उनी मूल घरमा फेरि फर्केको उचित जिम्मेवारी दिइने नेकपाका नेता सुरेश थापाले बताए । प्रवेश कार्यक्रममा नेकपाका नेताहरु खड्ग कार्की, हरि घिमिरे लगायत उपस्थित थिए ।

    का‌ंग्रेस कार्यकर्ताकाे चर्काे विराेध

    उनी प्रवेश गरेको भीडसहितको फोटो सामाजिक सञ्जालमा पोष्ट भए पछि कोरोनाको महामारीमा भीड जम्मा पारेर पार्टी प्रवेश गराएको भन्दै काँग्रेस कार्यकर्ताले चर्को विराेध गरेका छन् । उनीहरुले काेराेनाकाे औषधी भन्दै उडाएका छन् ।

    यसअघि कांग्रेसले सदस्यता वितरण तथा प्रवेश कार्यक्रम गर्दा नेकपा कार्यकर्ताहरुले कोरोना भाइरस प्रवेश गराएको भन्दै विरोध गरेका थिए । पछिल्लो समय सत्तारुढ नेकपा र प्रतिपक्षि कां‍ग्रेसका प्रवेश कार्यक्रमले जिल्लामा चुनावको झल्को दिएको छ ।

    प्रतिक्रिया दिनुहोस