२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

पत्रकार लिला सुनुवार काँग्रेसकाे काेभिड १९ अनुगमनकाे जिल्ला स‌ंयाेजक

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेपाली काँग्रेसले गठन गरेकाे काेभिड १९ अनुगमन समितिकाे जिल्ला फाेकल पर्सनकाे रुपमा प्रेस युनियनका केन्द्रिय लिला सुनुवार चयन भएका छन् ।

    सरकारले काेराेना राेकथाम तथा नियन्त्रणका लागि गरेकाे लगानी र कामकाे अनुगमन तथा रिपाेर्टिङका लागि केन्द्रमा सहमहामन्त्री प्रकाश शरण महत नेतृत्वमा समति छ । उक्त समितिले जिल्लामा सुनुवारलाई फाेकल पर्सन ताेकेकाे हाे । सुनुवार नेपाल समाचार पत्र दैनिकसँग आबद्ध छन् ।

    उनलाई जिल्लामा सरकारले काेराेना राेकथाम तथा नियन्त्रणमा गरेका खर्च कामकाे प्रभावकारिता र वस्तुस्थितिकाे रिपाेर्टिङ्ग गर्ने जिम्मेवारी ताेकिएकाे छ । सुनुवारले ताेकिएकाे जिम्मेवारी अनुसार काम शुरु गरेकाे जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस