२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

नेकपाले गर्याे प्रदेशसभा सदस्य साँवा तीन महिनालाई पार्टीबाट निलम्बन

Thumbnail
  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ताप्लेजुङ- नेकपा ताप्लेजुङकी सदस्य तथा एक नम्बर प्रदेशसभाकी सदस्य होमकुमारी साँवालाई पार्टीले तीन महिनाका लागि निलम्बन गरेको छ । सामाजिक सञ्जालमा एक युवतीलाई अपशब्द प्रयोग गरेकाले साँवालाई निलम्बन गरिएको पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भास्कर काफ्लेले जानकारी दिए ।

    ‘ती युवतीसँगको कुराकानीमा लेखिएका शब्द सार्वजनिक निकायमा बस्ने व्यक्तिबाट प्रयोग हुनेभन्दा अस्वाभाविक पाइएकाले कारबाही गरिएको हो,’ उनले भने । साँवा र युवतीबीचको कुराकानी सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो ।

    उक्त कुराकानी ‘फेक आइडी’मार्फत बाहिरिएको र त्यो आइडी कसले बनाएको हो भनेर खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कसैको तस्बिर नराखी श्याम खत्रीका नाममा बनाइएको आइडीबाट जिल्लाका केही व्यक्तिलाई ट्यागसमेत गरिएको थियो । त्यसमा प्रदेश सांसद बलबहादुर साम्सोहाङको पनि तस्बिर छ ।

    प्रतिक्रिया दिनुहोस