२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

रुम्जाटारकाे आइसाेलेसनकाे व्यवस्थापन कमजाेर, दमकलले बाेक्छ पानी

अस्पताल प्रमुख भन्छन् 'जिम्मा मेराे हाेइन'

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- कोरोना संक्रमितका लागि तयार गरिएको रुम्जाटार अस्पतालको आइसोलेसनको व्यवस्थापन नाजुक छ । हाल ७ जना संक्रमितहरुको उपचार भइरहेको उक्त आइसोलेसनको शौचालयमा पानी अभाव छ भने संक्रमितले राती ओढ्ने कपडा ज्यादै पातलो, प्रयाप्त पिउने पानीको व्यवस्थापन नभएको गुनासो गरेका छन् ।

    ओढ्ने कपाडा पाललो हुँदा चिसोमा रात कटाउनुपर्ने भन्दै उनीहरु आक्रोसित छन् । एकजना संक्रमितले पिउने पानी समेत प्रयाप्त नभएको गुनासो गरे । उनले भने, ‘हामीलाई थुन्न ल्याएजस्तो भो, संक्रमित बस्न योग्य नै भएन ।’ खानेपानी अभाव छ भने शौचालय दुर्गन्धित छन् । सरसफाइमा पानी प्रयाप्त नभएको गुनासो छ ।

    कपडा व्यवस्थापन पनि राम्रो नहुँदा चिसोका कारणले स्वास्थ्यमा थप समस्या आउन सक्ने अवस्था रहेको उनको भनाइ छ । उक्त आइसोलेसन प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले बजेट उपलब्ध गराएर जिल्ला अस्पतालले तयार गरेको हो ।

    आइसोलेसनको व्यवस्थापनको जिम्मा पाएको जिल्ला अस्पताल रुम्जाटारले भने व्यवस्थापन आफ्नो नभएको भन्दै पन्छिएको छ । अस्पतालका प्रमुख सन्तोष देवले आइसोलेसन व्यवस्थापन आफ्नो नभएको दावी गरे । खानेपानीको मुहान नै बाढीले क्षति पुर्याएकाले सिद्धिचरण नगरपालिकाको दमकलमा बोकेर पानी आपूर्ति गरेको देवको भनाइ छ ।

    अस्पताल आइसोलेसन व्यवस्थापनको जिम्मेवारीबाट पन्छिदा संक्रमितले समस्या व्यहोर्नु परेको छ । यस्तै जिल्ला अस्पतालसँगै रहेको स्वास्थ्य कार्यालयले समेत उक्त आइसोलेसन व्यवस्थापनको चासो नदिएको संक्रमितको भनाइ छ । स्वास्थ्य प्रमुख सुमन तिवारीले स्वाब संकलन गर्ने र संक्रमण भए नभएको पहिचान गर्ने जिम्मेवारी मात्रै स्वास्थ्य कार्यलयको भएको र त्यही काममा फुर्सद नभएकाले आइसोलेसनमा के कसरी व्यवस्थापन गरिएको बुझ्न समेत नपाएको बताए ।

    का‌ंग्रेसकाे काेभिड १९ अनुगमन समितका फाेकल पर्सन लिला सुनुवारले व्यवस्थापनकाे विषयमा अस्पताल प्रमुखसँग कुरा गर्दा व्यवस्थापनकाे जिम्मा आफ्नाे नभएकाे  उपचार गर्ने मात्र भएकाे  भन्दै पन्छिएकाे बताए । अस्पताल गैह्र जिम्मेवार बन्न नहुने उनकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस