२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

हर्कपुरकाे हाेल्डिङ सेन्टरमा रहेकी २१ वर्षीया युवतिमा काेराेना स‌ंक्रमण

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  जिल्लाको हर्कपुर होल्डिङ सेन्टरमा होल्ड भएर बसेकी २१ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । २९ जनाको स्वाब परीक्षण गरिएकोमा उनमा कोरोना पुष्टि भएको हो ।

    ती युवती मोलुङ गाउँपालिकाको प्राप्चाकी हुन् । उनी भारतको राजस्थानबाट घर फर्किएकी थिइन् । उनलाई उपचारका लागि रुम्जाटार अस्पतालकाे आइसाेलेसनमा लगिएकाे छ ।

    ओखलढुङ्गा आउने क्रममा उनलाई जिल्ला प्रबेश गर्ने नाका हर्कपुरमा रहेको होल्डिङ सेन्टरमा राखिएको थियो । उनीसँगै जिल्ला भित्रिएका विभिन्न ठाँउका २९ जना रहेका थिए ।

    केहीदिन अगाडी संक्रमित महिला सहित २९ जनाको स्वाब कोरोना परीक्षणका लागि पठाईएकोमा बुधबार एकजनाको मात्रै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । बाकी २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि अरुलाई उनीहरुको सम्बन्धित स्थानतर्फ पठाईएको र संक्रमितलाई रुम्जाटार अस्पातालको आईशोलेशनमा उपचारका लागि पठाईएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।

    योसँगै ओखलढुङ्गामा हाल संक्रिय कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरुलाई हाल जिल्ला अस्पताल रुम्जाटार र सामुदायीक अस्पताल सोब्रुको आईशोलेशनमा राखेर उपचार भैरहेको छ ।

    प्रतिक्रिया दिनुहोस