२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

किन भए देशभरका सबै अदालत एकसाथ बन्द ?

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • आज देशभरका सबै तहका अदालत बन्द हुने भएका छन् । १०४ वर्षको उमेरमा दिवंगत पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको शोकमा अदालत बन्द हुने भएको हो । उनी नेपालको न्यायालयका प्रारम्भिक चरणका प्रधानन्यायाधीश हुन् ।

    पहिला प्रधान न्यायालय भन्ने थियो । त्यसमा दार्जिलिङबाट ल्याइएका हरिप्रसाद प्रधान प्रमुख थिए । पछि २०१३ सालमा राजा महेन्द्रले उनलाई हटाएर अनिरुद्रप्रसाद सिंहलाई सर्वोच्च अदालत नामाकरण गर्दै प्रधानन्यायाधीश तोके ।

    उनले २०१३ जेठ ८ गतेदेखि २०१६ असार १५ सम्म उनी प्रधानन्यायाधीश रहे । उनी सीधै प्रधानन्यायाधीश हुने नेपालका एकमात्र व्यक्ति हुन् ।

    प्रतिक्रिया दिनुहोस