२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

काेरियाबासी नेपालीले गरे उँबूका आगलागी पीडितलाई सहयाेग

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • दक्षिण काेरिया- दक्षिण काेरिया बासी नेपालीले ओखलढुंगाका एक आगलागि पीडितलाई आर्थिक सहयाेग गरेका छन् । मानेभञ्ज्याङ्ग गाउँपालिका वडा न‌ं  ३ उबूँका भूमीराज राईलाई सहयाेग गरेका छन् ।

    काेरियामा रहेका उबुँलेहरुकाे संस्था उँबू चाैरास समाज दक्षिण काेरियाकाे अगुवाइ र ओखलढुंगा सेवा समाज दक्षिण काेरियाकाे समन्वयमा १ लाख २८ हजार रुपैंयासहयाेग हस्तान्तरण गरेका हुन् । काेरियामा संकलित रकम उबूँमा पीडितलाई हस्तान्तरण भइसकेकाे छ ।

    सहयाेग संकलनमा फडिन्द्र अधिकारी, एम वि थुलुङलगायतकाे नेतृत्वदायी भूमिका रहेकाे जितेन मुख्खाचाेले नागरिक मिडियालाई जानकारी दिए । काेरियाबासी नेपालीले पीडित परिवारलाई थप सहयाेगका लागि अपिल गरेका छन् । गत भदाै १३ गते भएकाे आगलागिमा राईकाे घरसहित सम्पूर्ण धनमाल जलेर नष्ट भएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस