२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

अब वामदेव राष्ट्रिय सभामा

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

    तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    त्यसको चार दिनपछि राष्ट्रपतिले गौतमलाई मनोनयन गरेकी हुन् । ‘उहाँ (गौतम) को मनोनयन भइसकेको छ । अब संघीय संसदलाई जानकारी गराउँछौं’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले  भने ।

    प्रतिक्रिया दिनुहोस