२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

प्याज महंगोमा बेच्नेलाई १५ लाख जरिवाना

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- कृत्रिम अभाव गराएर प्याजमा कालोबजारी गर्ने ८ व्यापारीलाई सरकारले १५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको छ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न स्थानमा रहेका ८ जना व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

    कसुर अनुसार प्रतिव्यक्ति ५५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरिएको विभागले जनाएको छ।

    बजार अनुगमनको क्रममा कृत्रिम अभाव गराएर तेब्बरसम्म मूल्य लिएको फेला परेपछि ८ व्यवसायीलाई कारबाही गरिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस