२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

एकाएक किन स्थगित भाे नेकपा सचिवालय बैठक ?

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- आज बस्ने भनिएको नेकपा सचिवालय बैठक चार गतेसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो ।

    तर, आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ । बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो ।

    यसअघि नेकपाका बैठकहरु धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए । बैठक स्थगनकाे कारण खुलाइएकाे छैन । यद्यपी ओलि निकट नेताहरुले वैठकमा कसरी प्रस्तुत हुने र मन्त्री हेरफेरमा के गर्ने भने थप तयारी आवश्यक भएकाले ओलि मार्फत बैठक स्थगन गराएकाे स्राेतकाे दावी छ ।

    प्रतिक्रिया दिनुहोस