२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

देशभर ४२ हजार ९ सय संक्रमण मुक्त, प्रदेश १ का कुन जिल्लामा कति संक्रमित‌

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर कुल ५९ हजार ५ सय ७३ संक्रमितमध्ये कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या अत्यधिक रहेको छ ।

    नेपालमा अहिलेसम्म कुल संक्रमितमध्ये ३ सय ८३ जनाको मृत्यु भएको छ । १६ हजार २ सय ४१ जना संक्रमित उपचाररत रहेका छन् । कोरोना जित्नेहरु सबैभन्दा धेरै प्रदेश नम्बर २ मा रहेका छन् । प्रदेश नम्बर २ मा ११ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन् ।

    प्रदेश नम्बर १ मा ३ हजार ७ सय ७१ जना, बागमती प्रदेशमा ९ हजार ४ सय ११ र गण्डकी प्रदेशमा २ हजार ४ सय ६६ जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ८ सय ७१, कर्णाली प्रदेशमा २ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५ जनाले कोरोना जितेका मन्त्रालयको तथ्याङ्क छ ।

    प्रदेश नम्बर १
    प्रदेश नम्बर १ मा ५ हजार ४ सय १३ जनामा कोरोना संक्रमण देखिएको । जसमध्ये ३ हजार ७ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।

    इलाम : कुल संक्रमित: ९५, संक्रमणमुक्त: ९०

    उदयपुर : कुल संक्रमित: १५६, संक्रमणमुक्त: १३५

    ओखलढुङ्गा : कुल संक्रमित: ९१, संक्रमणमुक्त: ४९

    खोटाङ : कुल संक्रमित: ५०, संक्रमणमुक्त: ४३

    झापा : कुल संक्रमितः ७९३, संक्रमणमुक्तः ६४७

    ताप्लेजुङ : कुल संक्रमितः २१, संक्रमणमुक्तः १९

    तेह्रथुम : कुल संक्रमितः ३०, संक्रमणमुक्तः २९

    धनकुटा : कुल संक्रमितः ५६, संक्रमणमुक्तः ४५

    पाँचथर : कुल संक्रमितः ३२, संक्रमणमुक्तः २१

    भोजपुर : कुल संक्रमितः ३२, संक्रमणमुक्तः १४

    मोरङ : कुल संक्रमितः २५०७, संत्रमणमुक्तः १७४१

    संखुवासभा : कुल संक्रमितः ७९, संत्रमणमुक्तः ४४

    सुनसरी : कुल संक्रमितः १४५७, संक्रमणमुक्तः ८८०

    सोलुखुम्बु : कुल संक्रमितः १४, संक्रमणमुक्तः १४ ।

    प्रतिक्रिया दिनुहोस