२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

सचिवालय राेकेर ओलि-प्रचण्डकाे ‘वान टु वान’, काे काे हाेलान् ‘फायर’ ?

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेकपाको सचिवालय बैठक एकाएक स्थगित भएको छ । पेरिसडाँडामा सोमबार दिउँसो १ बजे बोलाइएको बैठक स्थगित भएको हो ।

    बैठक मंगलबार बिहान ११ बजे बालुवाटारमा बस्नेगरी स्थगित भएको हो । सचिवालयका एक सदस्यले बताए अनुसार अनुसार मन्त्रीपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेण्डाहरुको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएपछि मात्र बैठक बस्नेछ ।

    थप आवश्यक गृहकार्यका लागि बैठक स्थगित भएको बताइएको छ । मन्त्रीपरिषद पुनर्गठन, राजनीतिक नियुक्तिबारे बनाएको सैद्धान्तिक मापदण्डलाई मूर्तरूप दिने प्रमुख एजेन्डा हुनेछ।

    यससंगै कोभिड– १९ महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरूको कार्यान्वयनजस्ता महत्वपूर्ण विषयमा बैठक केन्द्रित हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस