२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

ओखलढुंगामा करेन्ट लागेर विद्युत कामदारकाे मृत्यु

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- विद्युत मर्मतका क्रममा करेन्ट लागेर एक कामदारकाे मृत्यु भएकाे छ । लाइन कट गरेर मर्मत गरेकाे भनिए पनि पाेलमै झुण्डिएकाे अवस्थामा देखेकाे स्थानीयले बताए ।

    सिद्धिचरण नपा १२ काे भडाँरे गाउँ नजिकै माेलुङ हाइड्राे अन्तर्गतकाे प्रशारण लाईन मर्मतका क्रममा दुर्घटना भएकाे बताइएकाे छ । करेन्ट लागेर उक्त आयाेजनाका सुरपरभाइजर २८ वर्षीय परनेश खत्रीकाे ज्यान गएकाे डिएस्पी रुपेश खड्काले बताए ।

    थप अनुसन्धान भइरहेकाे छ । असावधानीका कारण दुर्घटना भएकाे हुन सक्ने अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस