२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

ओखलढुंगामा फेरि थपिए ६ जना संक्रमित, अब सक्रिय संक्रमित १० जना

Thumbnail
  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा थप ६ जना स‌ंक्रमित थपिएका छन् । स्वास्थ्य प्रमुख सुमन तिवारीका अनुसार बाहिरबाट आएर हाेल्डिङ सेन्टर तथा क्वारेन्टिनमा बसेका ब्यक्ति रहका छन् ।

    यस अघि संक्रमण देखिएर उपचाररत ४ जनामा पुन देखिएकाे छ । यसरी अब अस्पतालमा १० जना संक्रमित उपचाररत छन् । पछिल्लोपटक स्वाब पठाइएका ६१ जनामध्ये ६ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै पुराना सक्रिय संक्रमितमध्ये ४ जना दोहोरिएको स्वास्थ्य कार्यालयका प्रमुख समुन तिवारीले जानकारी दिए ।

    ६१ जनामध्ये ३० जना सक्रिय संक्रमितको स्वाब परीक्षणका लागि पठाइएको थियो । जसमध्ये २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ओखलढुंगा सामुदायिक अस्पताल र रुम्जाटार अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरु आज डिस्चार्ज हुने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस