२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

‌ओखलढुंगामा काेराेनामुक्त भएर फर्किएका कसले के भने ?

  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमबाट मुक्त भएर जिल्ला समन्वय समितिकाे गेटभित्र भेटिएका समन्वय प्रमुख जयबहादुर श्रेष्ठ हँसिलाे अनुहारमा थिए । उनले आफुलाई आइसाेलेसनमा कुनै समस्या नभएकाे बताए । ‘शुरुमा अलि अलि ज्वराे आएकाे, मूख बिग्रेकाे जस्ताे भाे, नियमित तागितलाे खाना तथा फलफुल खाएँ ठिक भाे ।’

    उनले नियमित खानपानले आफ्नाे ताैल समेत बढेकाे भन्दै काेराेनालाई भगाउन तागतिलाे खाना आत्मविश्वास र व्यायम अचुन उपाय भएकाे सुनाए ।

    छेवैमा रहेका का‌ंग्रेस सभापति प्रदिप सुनुवार पनि प्रशन्न मुद्रामा थिए । उनलाई शुरुमा केही समस्या देखिए पनि विस्तारै सहज भएकाे थियाे । आइसाेलेसनबाट फर्किएपछि उनले भने – ‘केही दिन आराम गराैं पछि काेराेनाबारे छलफल गराैंला ।’ विज्ञप्ति जारी गर्दै उनले भयावह नठान्न र सामान्य पनि नसम्झन अपिल गरेका छन् ।

    खुला हुँदै गएकाे परिवेशले थप काेराेना फैलिने अवस्था प्रति सचेत हुँदै स्वास्थ्य नागरिककाे माैलिक हक भएकाले साे अनुरुप परिक्षण तथा उपचार गराउन स‌ंघ प्रदेश र स्थानीय सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

    कांग्रेस उपसभापित तेजेन्द्र खनालले शुरुमा ज्वराे आएकाे पछि कुनै समस्या नभएकाे बताए । सचेत र सुरिक्षत हुनु नै यसबाट जाेगिने पहिलाे उपाय भन्दा काेराेनाबारे बढी हल्ला फैलिएकाे बताए । उनीहरुसहित आज २६ जना काेराेना मुक्त भए ।

    प्रतिक्रिया दिनुहोस