२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

कोरोनाबाट मुक्त हुनेले पाए ‘फूलका गुच्छा’

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- कोरोना संक्रमणमुक्त भएकाहरुलाई सामुदायिक अस्पताल (मिसन) ओखलढुंगाले अस्पतालले फूलका गुच्छा दिएर विदाइ गरेको छ । जिल्लाका उच्च पदस्थ व्यक्तिहरु संक्रमणमुक्त भएर डिस्चार्ज भएपछि थप स्वास्थ्य लाभको कामना गर्दै फूलको गुच्छा दिएर विदाइ गरेको हो ।

    संक्रमित भइ अस्पतालमा आएर उपचारपछि फर्किने सबै बिरामीलाई फूलका गुच्छा दिएर विदाइ गर्दै आएको अस्पतालका निर्देशक युवाराज आचार्यले बताए । बिहीबार मात्रै ओखलढुंगाका १५ जनामा उक्त अस्पतालमा उपचारपछि संक्रमण मुक्त भएका छन्।

    जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ र उनको परिवार, चालक तथा सहयोगी, नेपाली काग्रेसका जिल्ला सभापति प्रदिप सुनुवार, उपसभिापति जेतेन्द्र खनाल लगायत १५ जनालाई अस्पतालले फूलको गुच्छा दिएर विदाइ गरेको हो ।

    अस्पतालका निर्देशक आचार्यले भने, ‘उहाँहरुलाई थप हौसला र स्वास्थ्य लाभको कामना गर्दै फूलको गुच्छा दिएर विदाइ गरिएको हो, निको हुने सबैलाई हामी यसै गर्छौं ।’अस्पतालको व्यवस्थापन तथा चिकित्सकले उपचारमा विशेष ध्यानकै कारण आफूहरु चाँडो कोरोनामुक्त भएको बताएका छन् ।

    जिल्ला समन्वय प्रमुख जयबहादुर श्रेष्ठले अस्पतालले निकै सर्तकतापूर्वक ध्यान दिएर उपचार गरेको बताए । कांग्रेस सभापति प्रदिप सुनुवारले विज्ञप्ती जारी गर्दै अस्पतालले उपचार र तथा रेखेदेखमा गरेको योगदान अतुलनीय रहेको बताएका छन् ।

    फूलको गुच्चा दिएर संक्रमणमुक्त भएकालाई विदाइ गरिँदै

    प्रतिक्रिया दिनुहोस