२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

रामपुरकाे कात्तिके भीरमा सुन लुट्ने काे थिए ?

Thumbnail
  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- रामपुरमा दिउँसै एक महिलालाई लछारपछार पारेर सुनका गहना दुई लुटेराले जिप्ट्याएका छन् । बिहीबारे हटिया भरेर रामपुरबाट घर फर्किने क्रममा मोलुङ गाउँपालिका-४ की रुकमाया खतिवडा लुटिएकी हुन् ।

    रामपुर बजारभन्दा केही तलकाे कात्तिके जंगलको भिरमा दुइ पुरुषले करिब डेढ तोला सुनको गहना लुटेको  पीडितकाे भनाइ छ ।  भिरको अप्ठारो बाटोमा माक्स लगाएका अन्दाजी २१-२२ वर्षका जना पुरुषले आँखा छोपी लछारपछार गरेर नौगेडी तिलहरी लुटेर भागेको भनाइ छ ।

    लुटेराको खोजी तथा अनुसन्धान भईरहेको रामपुर ईलाका प्रहरी कार्यालयले जनाएकाे छ । लुटेरा टाढाका नभइ बजार भर्न आएका छिमेकी गाउँका हुन सक्ने अनुमान छ ।

     

    प्रतिक्रिया दिनुहोस