२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

यस्ताे छ विगुटारकाे ‘बिजुली घर’

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा – गाउँमै विजुलीको बल्ब उत्पादन  गर्ने बिजुली घर सञ्चालनमा आएकाे छ । विजुलीघरबाट बल्ब समेत उत्वादन शुरु गरिएको छ। सिद्धिचरण नगरपालिका र स्थानीयको साझेदारीमा बल्ब उत्पान शुरु भएको हो। सिद्धिचरण नगरपालिका वडा नं ७ विगुटारमा एलईडी बल्ब उत्पादन उद्योग स्थापना गरिएको छ। नगरपालिकाको ७ नं वडा कार्यालयको पहलमा स्थानीय यदुनाथ दाहालले बल्ब उत्पादन सुरू गरेका हुन्।

    वडाको पहलमा नगरपालिकाको १ लाख अनुदान र दाहालको २ लाख लगानीमा ग्रामीण विजुलीघर नामको उद्योग सञ्चालनमा आएको हो। अहिले उद्योगमा दैनिक ५० वटा बल्ब उत्पादन भइरहेका छन्। उद्योगको क्षमता बढाउने र बजारीकरण गर्न वडा कार्यालयले सहजीकरण गर्ने वडाध्यक्ष बमबहादुर राईले जानकारी दिए।

    उद्योगबाट अहिले १ सय ५० बल्ब उत्पादन गरिसकिएको राईको भनाई छ। उद्योगमा प्याकेजिङ गर्ने खोल नभएका कारण बजारमा लान भने समस्या भएको छ। बल्बको खोल निर्माणको काम पनि थालि सकिएको छ। जिल्लामा बिजुलीको बल्ब आयत मात्रै भएकाले स्थानीय स्तरमै उत्पादन हुने हुँदा लागत कम पर्ने व्यवसायी बताउँछन्।

    हाल उद्योग सञ्चालनका लागि एउटा मेसिन खरदि गरिएको छ। जनशक्ति बजार व्यवस्थापनको काम अघि बढेपछि थप मेसिन राखेर उत्पान बढाउन सकिने उद्योग सञ्चालक यदुनाथ दाहालले जानकारी दिए।

    ग्रामीण विजुली घर नगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको पहिलो स्थानीय उद्योग हो। उद्योगमा काम गर्ने कामदारलाई तालिममा पठाएर तालिम लिएर आएका कामदारबाट उत्पादन शुरु भएकाले यसको दिगोपनामा कुनै शंका नरहेको उद्योग सञ्चालक दाहालको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस