२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

आकस्मिक मन्त्री परिषद् वैठक बस्दै, ‘मन्त्रीले भने आजकाे बैठक अन्तिम हुन सक्छ’

  • २०७७ आश्विन ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा आज आइतबार दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रायः सोमबारमात्र बस्ने मन्त्रिपरिषद्को बैठक आइतबार नै बोलाउनुलाई अर्थपूर्ण रुपमा लिइएको जनआस्थाले लेखेकाे छ ।

    अघिल्लो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले केही मन्त्रीसँग अर्को बैठकमा भेट नहुने सम्भावना रहेको भन्दै पुनर्गठनको संकेत गरेका थिए ।आइबार विहानै मन्त्रीहरुलाई मन्त्रिपरिषद् बैठकको सूचना गएपछि सबैजसो मन्त्री विहानै आ–आफ्नो मन्त्रालय पुगेका छन् । मन्त्रिपरिषद् बैठकमा भोलि सोमबार पेश गर्न तयार पारिएका प्रस्ताव आजै लैजानका लागि उनीहरु विहानै मन्त्रालय पुगेका हुन् ।

    एकजना मन्त्रीले बैठकको खबर पाउनासाथ सम्बन्धित सचिवलाई फोन गरी आजको बैठक आफ्ना निम्ति अन्तिम हुनसक्ने भन्दै बाँकी रहेका केही प्रस्ताव तयार पारिहाल्न भनेको स्रोतले जनाएको छ । बैठकमा ओलिले मन्त्री हेरफेरकाे बिषमा मन्त्रीहरुलाई जानकारी गराएर राजीनामा गराउने अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस