२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

घरको भर्‍याङ नै ‘काल’ बनेपछि………

  • २०७७ आश्विन १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- घरको भर्‍याङबाट ओर्लने क्रममा लड्दा मोलुङ गाउँपालिकामा एक बृद्धको ज्यान गएको छ । भर्‍याङ ओर्लने क्रममा लडेर मोलुङ गाउँपालिका वडा नं ७ पात्लेका ७३ वर्षीय पासाङ शेर्पाको मृत्यु भएको हो ।

    भर्‍याङबाट लडेपछि उनको उपचार गर्न नपाउँदै घरैमा मृत्यु भएको परिवारका सदस्यले जनाएको मोलुङ ७ का वडा अध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए । घटना भएको समयमा मृतकका घरमा श्रीमती र बुहारी मात्रै थिए ।

    आइतबारको घटना भएपनि घटनाबारे प्रहरीलाई ढिलागरि जानकारी आएकाले सोमबार मात्रै घटनास्थलमा प्रहरी खाटाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरी मुचुल्कापछि मात्रै लाशको दाहासंस्कार गर्ने वा पोष्र्टमार्टमपछि गर्ने यकिन हुने वडा अध्यक्ष सुनुवारले बताए ।

    प्रतिक्रिया दिनुहोस