२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
समन्वय प्रमुख जयबहादुर श्रेष्ठकाे काेराेना अनुभव:

‘संक्रमित हुँदा जडीबुटी र पाेषिलाे कुरा खाँए, व्यायम गरें, गीत लेखेँ, मनाेबल उच्च बनाएँ’

  • २०७७ आश्विन १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले ७६ वर्षको उमेरमा कोरोना स‌ंक्रमण मुक्त भएपछि आफ्नाे अनुभव साटेका छन् । उनले शूरुमा आफुलाई सामान्य रुघाखाेकी र ज्वराे देखिएकाे पछि खानामा कुनै स्वादै नभएकाे र परिक्षण गर्दा संक्रमण भएकाे बताए ।   उनले आफूले २१ वर्षदेखि उच्च रक्तचाप र १५ वर्षेखि कोलेस्ट्रोल प्रोष्टेटको औषधि सेवन गरिरहेको अवस्थामा पनि कोरोना जित्न सफल भएकाले कोरोना लागिहाले पनि आत्तिनु नपर्ने बताए ।

    उनले पाको उमेरमा कोरोना संक्रमित भएपछि आइसोलेसनमा रहँदा सामान्य व्यायाम, गुर्जो, तुलसी, बेसार, पानी, पौष्टिक आहारा, फलफूल लगायतका दूध, दही, झोलिलो पदार्थ प्रसस्त खाएको  जनाए । डाक्टरको सल्लाह अनुसार भिटामिन पनि खाएको र १५ दिनमा कोरोनामुक्त भएर फर्किएको अनुभव साटेका छन् ।

    उनले कोरोना भाइरस लाग्नबाट भरसक जोगिन प्रयास गर्न अपिल गरेका छ्न् । कोरोना लागिहाले पनि नआतिन उनले अनुरोध गरेका छन् । उनले संक्रमितलाई घृणा होइन सहयोग गर्न र मनोबल गिर्ने खालका होइन उच्च हुने शुभ समाचार मात्र जानकारी गराउन भनेका छन् ।

    उनले कोरोना संक्रमित भएर उपचाररत रहँदा मिसन अस्पतालकाका सम्पूर्ण टीम, जिल्ला कमाण्ड पोष्ट, आफन्त इष्टमित्र, सहयोगी, शुभचिन्तकहरुले सहयोग शुभकामना र हौसना प्रान गरी मनोबल उच्च राख्न र त्यहाँ रहँदा सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिए ।

    उनले आइसाेलेशनमा रहँदा काेराेनाबारे सचेतना जगाउने गीत लेखेका छन् । चेतनामूलक त्यस्ता गीत विभिन्न माध्यमबाट बाहिर ल्याउने पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस