२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

बेड नम्बर ५३६ मा बशुन्धराकाे वेदना सुन्न सक्नुहुन्छ, तपाईं ?

  • २०७७ आश्विन १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- याे कहानी वीर अस्पताल अन्तर्गतकाे राष्ट्रिय ट्रमा सेन्टरमा बेड नम्बर ५ सय ३६ बाट जीवनकाे भीख मागिरहेकी ३३ वर्षीया बसुन्धरा श्रेष्ठकाे हाे । उनी उदयपुरकाे कटारी नगरपालिका स्थित शिरिसेकाे पाखाटाेलबाट ७ महिने छाेरीसिहत राजधानीकाे अस्पतालकाे बेडमा जीवन-मरणकाे निर्णायक लडाइमा छिन् ।

    उनलाई ब्रेन ट्यूमर भएकाे छ । उपचारका लागि पति मिनकुमार श्रेष्ठ पनि काठमाण्डाै‌ं छन् । खर्च अभाव भएपछि शल्यक्रिया राेकिएकाे छ । बल्लतल्ल जुटाएकाे ६३ हजार रुपै‌या बसबाट अस्पताल जाँदा पाकेटमारले चाेरेर रित्याइ दिएकाे उनकाे भनाइ छ ।

    बसुन्धरा ‘अहिले म बाँच्न चाहन्छु मलाइ बचाइदिनुहाेस्’ भन्दै जीवनकाे भिख मागिरहेकी छिन् । उनलाई सहयाेगी दाताकाे खाँचाे देखिएकाे छ । उपचार नपाएरै नागरिक मर्नु पर्ने अवस्था आउन नदिन सम्बन्धित ठाउँका जनप्रतिनिधीले भूमिका खेल्न सक्नुपर्छ ।

    उनलाई सहयाेग गर्न पति मिनकुमार श्रेष्ठकाे खाता नं राष्ट्रिय बाणिज्य बैक कटारी शाखा २०५०१००००५८५२०१० (2050100005852010)  मा सहयाेग गर्जन वा निजको मो नं  ९८ ४२७४४६५३ मा सम्पर्क गर्न सकिन्छ । तपाइ नागरिक मिडिया मार्फत सहयाेग गर्न चाहानुहुन्छ भने ९८१४७४०८८८ मा सम्पर्क गर्न सक्नुहुन्छ ।  अनि याे समाचार पढेर वशुन्धराकाे वेदना सुन्न काेही तयार हुनुहुन्छ !

    प्रतिक्रिया दिनुहोस