२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा

  • २०७७ आश्विन १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मोलुङ गाउँपालिकाको वडा नं. ७ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा रजिष्ट्रेशन पास गरिएको छ । गाउँपालिकाले स्थानीय बासिन्दाबाट निःशुल्क प्राप्त जग्गा स्वीकार गरि पास गरेको हो ।

    गाउँ कार्यपालिकाले जग्गादाताहरुले दिएको जग्गा स्वीकार गरि रजिष्ट्रेशन पास गर्ने निणर्य गरेपछि जग्गा पास गरिएको हो । वडा कार्यालय भवन निर्माण गर्न प्राप्त जग्गा पास गरिएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए ।
    वडाका लागि निःशुल्क रुपमा स्थानीय पसी शेर्पाले ३ रोपनी, कानुरी शेर्पाले २ रोपनी, आङ पेमा शेर्पाले १ रोपनी र ङिमा शेर्पाले १ रोपनी जग्गा निःशुल्क स्वामित्व हस्तान्तरण गरेका हुन् ।

    जग्गादातालाई सम्मान गर्ने र प्राप्तभएपछि वडा कार्यालय भवन निर्माणका लागि तत्काल प्रकृया अघि बढाइने गाउँपालिकाले जनाएको छ । वडा नं. ७ मा वडाका आफ्नै कुनै भौतिक पूर्वाधार छैनन् ।

    पुनःसंरचनामा यो वडा साविकको पात्ले गाविस फुटाएर दुई वडा बनाइएको थियो । अर्को वडा खिजीदेम्वा गाउँपालिकामा पर्छ । उक्त वडामा स्वास्थ्य चौकी र वडा कार्यालय समेत परेपछि मोलुङको ७ नम्बर वडामा पूर्वाधार र जग्गा समेत थिएन । वडा कार्यालयले यस अघि स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा पास गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस