२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
काेराेना कहर

ओखलढु‌ंगामा एक जना संक्रमित थपिए, दुई जनामा पुन: संक्रमण

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ आश्विन २०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा आज एकजना नयाँ कोरोना संक्रमित थपिएका छन् । २२ जनाको स्वाब परीक्षण गरिएकोमा एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।

    यस्तै सोही परीक्षणमा २ जना पुराना संक्रमित दोहोरिएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख समुन तिवारीले बताए । दोहोरिएका संक्रमित ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत छन् ।

    नयाँ संक्रमित भने सरकारी कर्मचारी हुन् । उनी घरविदाबाट फर्किएर होम क्वारेन्टाइनमा थिए ।

    प्रतिक्रिया दिनुहोस