२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

प्रस्तावित उद्याेग ग्राम जाेड्ने बाटाे खुल्याे

  • २०७८ बैशाख १६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- माेलुङ गाउँपालिकाले निर्माणकाे तयारी गरेकाे माेलुङ उद्याेग ग्राम सम्म जाने बाटाे निर्माण भएकाे छ । वडा कार्यालयले बजेट विनियाेजन गरेर उद्याेग ग्रामकाे जग्गासम्म जाेड्ने बाटाे निर्माण गरिएकाे हाे ।

    माेलुङ गाउँपालिका वडा नं ६ मा ४० राेपनी जग्गामा उद्याेग ग्राम निर्माणकाे तयारी छ । गाउँपालिकाले जग्गा प्राप्त गरिसकेकाे छ भने सरकारले उद्याेग ग्राम स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न एक कराेड हाराहारीमा बजेट निकासा गरिसकेकाे बताइएकाे छ ।

    सडक निर्माणका लागि ४ लाख ५० हजार बजेट ६ नं  वडाले विनियाेजना गरेकाे वडा अध्यक्ष रामकाजी तामाङले जानकारी दिए । उद्याेग ग्रामका पूर्वाधार निर्माणकाे प्रकृया चाँडाे अघि बढाउन स्थानीयले माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस