२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
ओखलढुंगा एमालेकाे विस्तारित बैठक:

जिल्ला कमिटी पुनर्गठन, ओलि समुहकाे समानान्तर कमिटी खारेज

  • २०७८ बैशाख १७, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाको जिल्ला कमिटी पुनःगठन भएको छ । जिल्ला कमिटीको १७ औं विस्तारित बैठकले जिल्ला कमिटी पुनःगठन गरेको हो ।

    जिल्ला कमिटीका उपाध्यक्ष नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विस्तारित बैठकले समानान्तर गतिविधीमा लागेका पदाधिकारी हटाएर कमिटी पुनःगठन गरिएको छ । पुनःगठित कमिटीको अध्यक्षमा नेत्रप्रसाद भट्टराई उपाध्यक्षमा मणिराज राई र मेखबहादुर खड्का, सचिवमा हर्कबोल राई चयन भएका छन् ।

    त्यस्तै, उप सचिवमा अर्जुन धमला, बलबहादुर परियार, नरेन्द्रकुमार श्रेष्ठ, मावर सुनुवार र किशनकुमार राई चयन भएका छन् । ९ सदस्यीय पदाधिकारीसहित २ सय ५५ सदस्यीय जिल्ला कमिटी चयन भएको सचिवालय सदस्य दिपक फुयलले जानकारी दिए ।

    विस्तारित बैठकमा साविक एमालेको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित ५८ मध्ये ३५ जना सहभागी थिए । ओलि समुहले राष्ट्रिय परिषद सदस्य बनाएका साविक जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठलाई बैठकको अध्यक्षता गर्न अनुरोध गरे पनि अनुपस्थित भए ।

    फुयलका अनुसार समानान्तर समिति गठन गरेर अध्यक्ष बनेका केदारबाबु बस्नेत र सचिव बनेका तीर्थ सुवेदीबाहेक साविक नेकपा एमालेका जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई सचिवालय सदस्य बनाइएको छ । त्यस्तै जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारी बनेका र केन्द्रको सचिवालयमा रहेका व्यक्तिलाई जिल्ला पार्टीको सचिवालय सदस्य बनाइएको छ ।

    विस्तारित बैठकमा साविक एमालेको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित ५८ मध्ये ३५ जना सहभागी थिए । ओलि समुहले राष्ट्रिय परिषद सदस्य बनाएका साविक जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठलाई बैठकको अध्यक्षता गर्न अनुरोध गरे पनि अनुपस्थित भएपछि उपाध्यक्ष नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा बैठक राखेर पार्टी कमिटी पुनःगठन गरिएको पुनःगठित कमिटीका सचिव हर्कबोल राईले बताए ।

    साविक एमालेको बहुमत जिल्ला कमिटी सदस्यहरुको बैठकले कमिटी पुनःगठन गर्ने पदाधिकारी र सदस्यहरुको नामावली विस्तारित बैठकमा पेश गरेको थियो । उक्त प्रस्ताव विस्तारित बैठकबाट पारित भएको थियो । विस्तारित बैठकको प्रमुख अतिथि जिल्ला ईञ्चार्ज तथा केन्द्रिय सदस्य यज्ञराज सुनुवार र अतिथिका रुपमा प्रदेश कमिटी सदस्य हंशराज वाग्ले अतिथिका रुपमा उपस्थित थिए ।

    बैठकले सचिवलायलाई भावी कार्ययोजना तय र मातहत कमिटी पुनःठन तथा गठनको कार्यादेश दिएको छ । ओलि समुहमा लागेका पदाधिकारी तथा सदस्यहरुलाई सचिवलायमा राखिएको छ । विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य हंशराज वाग्लेले नेकपा एमालेको निर्वाचित कमिटीको बहुमत सदस्यले गरेको निणर्य नै आधिकारिक भएको बताए ।

    उनले एमाले मात्रै नभएर कम्युनिष्ट आन्दोलनको शुद्धिकरण खाँचो रहेको बताउँदै ओलि समुहले एमालेलाई गुण्डाहरुको पार्टीमा रुपान्तरण गर्न खोजेकाले समस्या आएको बताए । ओलि समुहको अराजनीतिक प्रवृत्ति बिरुद्ध शशक्त प्रतिवाद गर्दै गाउँ तहसम्म पार्टी पुनःगठनमा आफु लाग्ने उद्घोष गरे ।

    ओलि समुहमा लागेका पदाधिकारी तथा सदस्यहरुलाई पनि सचिवालयमा राखिएको छ । विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य हंशराज वाग्लेले नेकपा एमालेको निर्वाचित कमिटीको बहुमत सदस्यले गरेको निणर्य नै आधिकारिक भएको बताए ।

    प्रमुख अथिति ईञ्चार्ज तथा केन्द्रिय सदस्य यज्ञराज सुनुवारले कम्युनिष्ट आन्दोलन जोगाउन, एमाले जोगाउन र देशभक्त तथा प्रगतिशिल कम्युनिष्टहरुको एकताका लागि एमालेमा शुद्धिकरण आवश्यक रहेको बताए । ओलि समुहले पार्टी विभाजन गर्ने उदेश्यले केन्द्रमा विधान मिचेर मनपरि तन्त्र चलाएको भन्दै त्यसको प्रतिवाद गर्न देशभर अभियान चलाउनु परेको प्रष्ट्याए ।

    संगठन विस्तारका लागि एमालेले विगतमा चलाएको दुधकोसी लिखु देम्बा सुनकोसी (दुलिदेशु) अभियान चलाउने पनि अध्यक्ष नेत्र भट्टराईले जानकारी दिए । एमालेको ओलि समुहले आफुलाई आधिकारिक दावी गर्दै माधव समुहले समानान्तर गतिविधी गरेको आरोप लगाउँदै आएको छ ।

    साविक एमालेको जिल्ला कमिटीका उपाध्यक्ष र उपसचिवसहित बहुमत सदस्य भने माधव समुहमा छन् । बहुमतको निणर्य पार्टी निणर्य भएकाले संस्थापन आफुहरु नै भएको अध्यक्ष भट्टराईले बताए ।

    प्रतिक्रिया दिनुहोस