२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

ओखलढु‌गा: जेठ २६ गते सम्म निषेद्याज्ञा, के गर्न पाइन्छ के गर्न पाइदैन ?

  • २०७८ जेष्ठ १९, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लामा एक साताका लागि पुनः निषेधाज्ञा अवधि थप गरिएको छ । याे अविधमा थप कडाइ हुनेछ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको भर्चुअल बैठकले आगामी जेठ २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

    जिल्लामा  काेराेना संक्रमणदर दैनिक बढ्दै गएकाले निषेधाज्ञाको अवधि पुनः थपिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले जानकारी दिइन् । बैठकमा जिल्लाका जनप्रतिनिधी र सरोकारवालाहरुले पनि निषेधाज्ञाको समय लब्याउन सुझाव दिएका थिए ।

    बैठकले बैंक तथा वित्तिय संस्थाहरु हप्ताको तीन दिन खोल्ने निर्णय गरेको छ । स्थानीय प्रशासनलाई जानकारी गराएर जिल्लामा विकास निर्माणका काम गर्ने कामदार सुरक्षित तबरले ल्याउन दिने  पनि निर्णय भएको छ ।

    प्रशासन कार्यालय ओखलढुंगाले जारी गरेको निषेधाज्ञा आदेशमा आइतबार, मंगलबार र विहीबार १० बजेदेखि १ बजेसम्म मात्रै ती संस्थाहरु खुलाउने भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस