२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

यस कारण गयाे चम्पादेवी-७ का वडा अध्यक्ष थापाकाे पद !

  • २०७८ अषाढ ११, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चम्पादेवी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष सुरेशकुमार थापाकाे पद खारेजीमा परेकाे छ। नेकपा एमालेकाे ओलि समुहमा लागेका थापालाई यसअघि नेकपा माओवादी केन्द्रले कारवाहीका लागि सिफारिस गरेकाे थियाे ।

    निर्वाचन आयाेगले पार्टीकाे  सिफारिस अनुसार राजनीतिक दल सम्बन्धी नियमावली २०७४ काे नियम २२ काे उप नियम २ र ३ बमाेजिम पद रिक्त भएकाे सुचना जारी गरेकाे छ । साे सुचनामा दल त्याग गरेका थापा सहित २ जना प्रमुख,  ५ जना उपप्रमुख, १  अध्यक्ष, १ उपाध्यक्ष र ४ जना वडा अध्यक्ष र १ जना कार्यपालिका सदस्यकाे पद खारेज गरेकाे  सुचना जारी गरेकाे छ ।

    याे सँगै उनीहरुकाे पद गएकाे छ । उनीहरु १४ जनै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधी हुन् । नेकपा अदालतले विभाजन गरिदिएपछि एमाले तर्फ लागेका उनीहरुकाे पद गएकाे छ ।

    हेरन

    प्रतिक्रिया दिनुहोस