२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

श्याम श्रेष्ठ भन्छन्, ‘अब धरहरा पनि उल्ट्याउनू, रानीपोखरी भताभुंग पारे हुन्छ’

  • २०७८ श्रावण २०, बुधबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं- वामपन्थी बुद्धिजिवी श्याम श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले गल्ती गरेको बताएका छन् ।

    श्रेष्ठले भूमि आयोगमा बेठिक मानिस परेका भए उनीहरूलाई हटाउनुपर्ने भन्दै आयोग नै खारेज गर्नु गलत भएको बताएका हुन् । श्रेष्ठले अघिल्लो सरकारले गरेका हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट सरकार मुक्त हुन आवश्यक रहेको बताएका छन् ।

    श्रेष्ठले भनेका छन्, ‘यो भूमिहीन, गरिब सुकुम्बासी र तल्लो वर्गका जनताको जीवनसित जोडिएको आयोग थियो । राम्रा कुरालाई त जसले थाले पनि निरन्तरता दिइनुपर्छ । जनविरोधी देशघाती कुरामात्र उल्ट्याउने हो । नत्र त धरहरा पनि उल्ट्याए भयो रानी पोखरी पनि भताभुंग पारे भयो ।’

    सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट भूमि आयोग खारेज गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस