२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

महामारीमा सँसारभरका ओखलढुंगेले गरे ६८ लाख भन्दा बढीकाे सहयाेग

  • २०७८ श्रावण २५, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  विदेशमा रहेका जिल्लाबासीले कोभिड महामारीसँग जुध्नका लागि ६८ लाख ८३ हजार ७ सय १३ रुपैंया बराबरको सहयोग गरेका छन् । ‘कोभिड १९ विरुद्ध विश्वव्यापी ओखलढुंगे सन्जाल’ नाम दिइएको समूहले सो रकम बराबरको स्वास्थ्य सामाग्री र उपकरण दिएका हुन् ।

    संसारको विभिन्न २१ देशमा रहेका ५ सय भन्दा बढीले व्यक्तिगत रुपमा प्रदान गरेका थिए । सो रकम विभिन्न समूह मार्फत एकत्रित रुपमा सन्जालले संकलन गरेको थियो । सो रकमले जिल्ला अस्पताल रुम्जाटार, मिसन अस्पताल ओखलढुंगा, कोभिड अस्पताल खिजिदेम्बालाई आईसियू बेड दिएको थियो ।

    ‘आमाले माग्दैन आफैले बुझेर दिनुपर्छ ।’ भन्ने मुल नाराका साथ १८ सदस्यीय सन्जाल गठन भई सहयोग रकम संकलन गरेका थिए ।

    जिल्लाभित्रको ७५ वटै वडाका स्वास्थ्य चौकीलाई ४० थान उपकरण सहितको अक्सिजन सिलिन्डर दिइएको छ । स्वास्थ्य संस्थाहरुलाई नर्मल बेड, अल्ट्रासाउन्ड मेसिन, थर्मो मिटर, ब्लड प्रेसर मोनिटर, लगायतका सयौं थान स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

    ‘आमाले माग्दैन आफैले बुझेर दिनुपर्छ ।’ भन्ने मुल नाराका साथ १८ सदस्यीय सन्जाल गठन भई सहयोग रकम संकलन गरेका थिए । ‘आफू जन्मेको माटोको माया असाध्य हुने रहेछ । कठिन समयमा आफू जन्मेको देश र माटोका लागि सबैले सहयोग गर्नुभयो ।’ अभियानका संयोजक शिवजी श्रेष्ठले बेलायतबाट भने, ‘यो अभियान साथ दिने सबैप्रति आभारी छौँ , औपचारिक रुपमा हाललाई यो अभियान सकिएपनि कठिन समस्यामा आफ्नो माटोका लागि सँधै सहयोग गर्न तयार छौँ ।’


    जिल्लाभित्रका स्वास्थ्य संस्थाहरुमा निजि तवरबाट यति ठूलो परिमाणमा सहयोग प्राप्त भएको यो पहिलो हो । अस्पताल स्थापनाको छ दशकमा पहिलो पटक यति ठूलो सहयोग पाएको ओखलढुंगा सामुदायिक अस्पताल मिसनका निर्देशक युवराज आचार्यले बताए । कोभिडको कारण स्वास्थ्य सामाग्री प्राप्त भएपनि यसले अन्य समयमा सबै किसिमका बिरामीले सेवा पाउनेछन् ।

    कूल संकलित ७१ लाख १३ हजार ६ सय २२ रुपैंया भएपनि रकम आउने क्रम जारी भएकोले अन्तिम अपडेट गर्न बाँकी रहेको विश्व सन्जाल अभियानका कोषाध्यक्ष दिनबन्धु प्रेमीले बताए ।

    प्रतिक्रिया दिनुहोस