२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
ओखलढुङ्गा

यौनजन्य हिंसाका घटना बर्सेनि बढेकाे बढ्यै

बन्दाबन्दीमा अझै बढी

  • २०७८ श्रावण ३२, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुङ्गा- ओखलढुङ्गामा यौनजन्य अपराधका घटना बर्सेनि बढिरहेका छन् । बलात्कार, बलात्कार प्रयास र बाल यौन दुरुपयोगका घटनामा वृद्धि भएका छन् ।

    लकडाउनकाे समयमा कोठामा बसेर इन्टरनेट चलाउने, विद्यालयको बोझ कम हुने र फुर्सदमा अनेक कुरा सोच्न समयमा हुने भएकाले बालबालिका र युवायुवती यस्ता अपराधमा संलग्न भएको पाइएको हो ।

    जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दर्ता भएका यस्ता अपराधका घटनाको तीन वर्षको अभिलेखमा बर्सेनि यस्ता घटना बढिरहेका छन् ।

    चेतनाको विकासले उजुरी गर्ने बढेको मात्रै नभइ बालबालिका र अन्य व्यक्तिमा समेत मोबाइलको दुरुपयोगले यस्ता अपराधमा उत्प्रेरित गरेको पाइएको महिला अधिकारकर्मी रीता श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठका अनुसार बालबालिकादेखि ठूला मान्छे समेत मोबाइल दुरुपयोगबाट यौनजन्य अपराधमा लागेको पाइएको छ ।

    आर्थिक वर्ष २०७५/०७६ मा बलात्कारका घटना १० वटा दर्ता भएकोमा ०७६/०७७ मा बढेर १४ पुगेका थिए । गएकाे वर्ष २०७७/०७८ मा यो सङ्ख्या २३ पुगेको छ ।

    प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा बलात्कारका घटना १० वटा दर्ता भएकोमा ०७६/०७७ मा बढेर १४ पुगेका थिए । गएकाे वर्ष २०७७/०७८ मा यो सङ्ख्या २३ पुगेको छ । यी सबै घटनामा किशोरावस्थादेखि युवायुवतीहरु नै संलग्न भएको पाइएको छ । मोबाइलको दुरुपयोग गर्ने, इन्टरनेटमा अश्लिल भिडियो हेर्ने, अन्य व्यक्तिको अनुसरण गर्नेजस्ता कारणले यस्ता घटना बढेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्दराज काफ्लेको भनाइ छ ।

    बलात्कार मात्रै होइन बलात्कार प्रयास र बाल यौन दुरुपयोगका घटना पनि बढिरहेका छन् । बलात्कार प्रयासका उजुरी ०७६/०७७ मा ६ दर्ता भएकोमा २०७७/०७८ मा ८ दर्ता भएको प्रहरी अभिलेख छ । त्यस्तै बाल यौन दुरुपयोगका उजुरी पनि दुई वर्षमा दोब्बर बढी दर्ता भएका छन् ।

    यही तुलनामा अन्य अपराधका घटना पनि बढिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयको अभिलेख अनुसार सबै प्रकृतिका कार्यालयमा दर्ता भएका उजुरमा ०७६/०७७ मा १५९ रहेकोमा २०७७/०७८ १७५ पुगेको छ ।

    बन्दाबन्दीले विद्यालय, पसल तथा अन्य धेरै क्षेत्र बन्द भएको, युवायुवती तथा कामकाजी व्यक्ति फुर्सदमा हुने, खाली समयमा नकारात्मक सोचाइ आउने तथा आयआर्जनको बाटो नहुने भएपछि आपराधिक घटनामा संग्लन हुने गरेको पाइएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस