२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

प्रचण्ड र माधवकुमारले भेटे प्रधानमन्त्रीलाई 

Thumbnail
  • २०७८ भाद्र ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं, ३ भदाै (न्यूज कारखाना)सत्तारुढ गठबन्धनका आवद्ध दलका शीर्षनेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड र एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तारलगायत विषयमा कुराकानी भएको छ ।  एमालेबाट विभाजित भएर नेता नेपालले एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको भोलिपल्ट बिहीबार उनीहरुबीच भेटवार्ता भएको हो ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ जारी भएपछि नेता नेपाललाई नयाँ पार्टी दर्ताका लागि सहज बाटो खुलेको थियो ।

    प्रतिक्रिया दिनुहोस