२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

आजबाट विद्यार्थीलाई भेराेसेल खाेप, क्याम्पसका विध्यार्थीलाई समेत दिन माग

  • २०७८ भाद्र ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा विद्यालयस्तरका विद्यार्थीलाई भेरोसेल खोप लाउन शुरु गरिएको छ । आज विहीबारबाट ३ स्थानीय तहमा खोपको पहिलो मात्रा लाउन शुरु गरिएको हो ।

    सिद्धिचरण नगरपालिका, मोलुङ र सुनकोसी गाउँपालिकामा कक्षा ११ र १२ का १८ वर्ष उमेर पुगेका विद्यार्थीहरुलाई खोप लाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्पराज पन्तले बताए ।

    पन्तका अनुसार परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुलाई खोप दिएर मात्र परीक्षा केन्द्रमा पठाउने सरकारी नीति अनुसार खोप दिन शुरु गरिएको हो । पहिलो चरणमा तीन स्थानीय तहमा शुरु भए पनि जिल्लाभरका सबै ८ स्थानीय तहमा खोप अभियान शुरु हुने छ ।

    जिल्लाका सबै तहमा १ हजार जना १८ वर्ष उमेर पुगेका विद्यार्थीहरुलाई खोप लाउन लक्ष्य छ ।

    यसैबीच विश्वविद्यालयस्तरका विद्यार्थीले आफुहरुले पनि खोप लाउनु पर्ने माग गरेका छन् । विद्यार्थी तथा अनेरास्ववियुका केन्द्रिय सदस्य निशान श्रेष्ठले १८ वर्ष पुगेका सबै तहका विद्यार्थीहरुलाई विद्यार्थी भर्नाका आधारमा खोप दिने व्यवस्था गर्न माग गरे ।

    हालै स्नातक तहको पहिलो वर्षका परीक्षा सकिएका र स्नातकोत्तर तहको परीक्षा आउन लागेको अवस्थामा क्याम्पस तथा विश्वविद्यालय तहका विद्यार्थीलाई खोपबाट बञ्चित गराइनु गतल भएको प्राध्यापक तथा विद्यार्थीहरुको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस